गीतकार थापालाई राष्ट्रिय स्रष्टा सम्मान

भदौ, काठमाडौं ।

गीतसंगीतको क्षेत्रमा शब्द लेखनको कार्यबाट ठुलो योगदान दिएका बिरिष्ठ गीतकार राजेन्द्र थापालाई सम्मानित गरिएको छ । गएको बुधबार राजधानीमा गीतकार संघ नेपालले ‘राष्ट्रिय सम्मान कार्यक्रम’ मार्फत थापालाई राष्ट्रिय स्रष्टा सम्मान २०७३ बाट सम्मान गरेको हो । उनलाई रु. १ लाख सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

राजेन्द्र थापाले ‘पोहोर साल खुसी साट्दा’, ‘पर लैजाउ फुलहरु’, ‘दिलमाया’, ‘दर्शन नमस्ते’, ‘क्या दामी भो’ जस्ता दर्जनौं लोकप्रिय गीतहरु मार्फत नाम कमाएका छन् ।उनीद्धारा सिर्जित गीत कविता, उपन्यास जस्ता विविध विधाका पुस्तक एल्बमहरु प्रकाशित पनि छन् ।

स्रष्टा सर्जकको उत्साह क्रियाकलाप र सम्मानको लागी आयोजीत कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रमुख अतिथ्यता तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरु भक्तको शिषे अतिथ्यतामा सम्पन्न भएको थियो । आयोजक संस्था गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटा, बरिष्ट गीतकार नेपाल सरकारका पुर्व अर्थमन्त्री एम्पी कोइराला, पुर्व मुख्य सचिवद्धय विमल कोइराला र डा. भोजराज घिमिरेको पनि उपस्थिती थियो ।