<pre><b>भदौ, काठमाडौं। </b></pre><p><div style="text-align: justify;">ब्ल्यु रे प्रोडक्सनद्धारा पोखरामा आयोजना गरिएको प्रतियोगिता मिस्टर एण्ड मिस कास्की २०७४ को फाइनल सम्पन्न भएको छ। प्रतियोगितामा यस पटकको मिस्टर एण्ड मिस कास्की को उपाधि मनिष ओस्था र निकिता खड्गीले हात पारेका छन्। </div><div style="text-align: justify;">पोखरा सभागृहमा आयोजित कार्यक्रमका विजेता मनिषले मिस्टर मल्टिमिडिया र मस्ट पपुलरको सव टाइटल समेत जितेका छन भने मिस कास्की बन्न सफल निकितालाई वेष्ट पर्सनालिटी, बेष्ट फिगरको सव टाइटल पनि प्रदान गरिएको छ। त्यस्तै प्रतियोगीतामा मिस्टर कास्की तर्फ विवेक तामाङ फस्ट रनरअप ,आशिष केसी सेकेन्ड रनरअप र युवराज गुरुङ थर्ड रनरअप भएका छन् । साथै मिस कास्कीतर्फ फस्ट रनरअप वर्षा गुरुङ फस्ट रनरअप,पूजा श्रेष्ठ सेकेन्ड रनरअप र अस्मिता तिवारी थर्ड रनरअप भएकी छिन्।</div><div style="text-align: justify;"> ६ युवा र ११ युवती विच भएको फाइनल प्रतिस्पर्धाको अन्य विधामा रञ्जना गुरुङले मस्ट वेष्ट वाल्क, कपिल पुन मगरले वेस्ट फिजिक्स, जयन्ती गुरुङले मस्ट फ्रेन्डली , सनम गुरुङले कन्जनिटि, सरीता श्रेष्ठले मिस व्युटि कम्पिलिटिसन, मनिषा नेपालीले मिस इन्टर एक्च्युल , सुजन थापाले मस्ट स्टाइलिस र सोनु गुरुङले मिस फोटोजेनिकको टाइटल जितेका छन्। </div></p>