एकअर्का बिना अपुरो र अधुरो दिपक दिपा

भदौ, काठमाडौं।

नेपाली हाँस्य कलाकारिताको क्षेत्रमा चर्चित जोडीको रुपमा रहेका छन् कलाकारद्वय दिपाश्री निरौला तथा दिपकराज गिरी।  टेलिश्रृंखला 'तितो सत्य' बाट रिल लाईफमा जोडीको रुपमा स्थापित भएका दिपा दिपक को जोडी रियल लाईफमा पनि उत्तिकै बलियो रहेको बुझ्न सकिन्छ्। टेलिभिजनको पर्दामा श्रिमान श्रिमतीको रुपमा देखिएका उनीहरुलाई कतिपय दर्शकहरु रियल लाईफमा पनि हो कि भनेर झुक्किने पनि गरेका छन्। तर उनीहरु आफुविच वैवाहिक  सम्बन्ध भन्दा पनि माथिको सम्बन्ध रहेको बताउँदै आउने गरेका छन्।

यसैविच सोमबार दिपाको निर्देशनमा बनेको चलचित्र 'छक्का पंजा २' को गीत सार्वजनिक कार्यक्रममा उनीहरुले आफु एक अर्का विना अधुरो अपुरो रहेको बताएका छन्।गीतको चर्चा संगै दिपक दिपाको घनिष्टता ,चुम्बन र केमेष्ट्रीले कार्यक्रमको माहोललै मनोरंजन पुर्ण बनाएको थियो।कार्यक्रममा बोल्ने क्रममा दिपकले चलचित्रका सबै टिमलाई धन्यवाद दिँदै  अन्त्यमा भनेका थिए -'मैँले सबैको नाम लिएँ एउटा नाम लिनै पर्दैन नलिएपनि आउँछ । जो बिना म अधूरो छु, दीपा जी' ।दिपकले यसो भन्दा दिपाले उनलाई अंगालो मार्दै चुम्बन गरेकी थिईन र त्यसपछि  पुरै हल  सिट्ठी, ताली र वान्स मोर ले गुन्जाएमान बनेको थियो।

त्यस्तै दिपाले पनि चलचित्रको बारेमा बताउँदै आफुलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिएकी थिईन् र दिपक लाई भनेकी थिईन  'मेरो तन, मन र धनमै छ दीपक । उसको साथ बिना म अपूरो छु '।