भदौ, काठमाडौं।

नायिका झरना थापाको डेब्यु निर्देशनमा बनेको चलचित्र 'ए मेरो हजुर २' शुक्रवार बाट देशभर प्रर्दशनमा आउने भएको छ। दर्शकहरुमा निकैनै प्रतिक्षित बनेको यस चलचित्रले सफलता पाउनेमा सबैजना आशातित रहेका छन्। बताइएअनुसार काठमाडौं र मोफसल गरि चलचित्र कूल ९० वटा सिनेमा हलहरुमा प्रदर्शन हुनेभएको छ।
चलचित्रलाई क्युएफएक्स सिनेमाले मात्रै १६ शो दिएको बताइएको छ। त्यस्तै विग मुभिजमा ७ शो, एफक्यूवमा ८ शो, विएसआरमा ७ शो, क्यूजमा ५ शो र सिटिसीमा ६ शो पाएको छ । चलचित्रको लागी दर्शकको चाहलाई ध्यानमा राखेर मल्टिप्लेक्सहरुमा चलचित्र को अग्रिम बुकिंंग पनि बुधबार बाट सुरु गरिएको छ। बुकिंग सुरु गरिएको केही समयमै आक्रामक बुकिङ भएको बताइएको छ। दर्शकहरुमा रहेको क्रेज तथा आक्रमक बुकिंगको कारणले पनि चलचित्रले पहिलो दिन नै ८० लाख ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाको निर्माण बनेको यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत र नवनायक सलिनमान बनियाँ मुख्य भूमिकामा रहेका छन्।