भदौ, काठमाडौं।

भारतमा विशेष रुपमा मनाइने गणेश चतुर्थी बलिउड स्टारहरुले पनि खुलेर मनाएका छन्। स्टारहरुले पनि आफ्नो घरमा गणपतिको स्थापना गरेका छन्। बच्चन परिवारले पनि हरेक वर्ष आफ्नो घरमा गणेश स्थापना गर्ने गर्छन्। यस वर्षको गणेश चतुर्थीमा भने ऐश्वर्याको बारेमा चकित पार्ने खवर बाहिरिएको छ।

सोशल मीडियामा ऐश्वर्याको एक तस्वीर निकैनै भाइरल भएको छ जसमा उनीले कपाल मुन्डन गरेको देखाइएको छ। यो तस्विरको साथमा सन्देश पनि पठाइएको थियो जसमा ऐश्वर्याले आफ्नो कपाल तिरुमला को श्री वेंकटेश्वर स्वामी को मंदिर मा चढाएको भनिएको थियो। फोटोको साथमा लेखिएको थियो -''हरेक समय राम्री देखिनु नै वास्तवमै सुन्दर हुनु हो.. ईश्वरलाई त्यही सुन्दरता चढाउनु अझै सुन्दर कुरा हो.. भगवानको अघि दुनियाको सबैभन्दा सुन्दर नारी होस या कोही साधारण महिला उनको लागी दुवै समान हुन्।र ऐश्वर्या राय बच्चनले आफ्नो कपाल तिरुमलाको श्री वेंकटेश्वर स्वामी मंदिरमा दान दिएकी छिन्। ''

दुई दिनदेखि यो तस्विर भाइरल भएको छ र मानिसहरु पनि यसलाई विश्वास गरेका थिए। तर सत्यता अरु केही छ्। ऐश्वर्या प्रायमंदिरमा दर्शन गर्नका लागि जाने गर्छिन्। र उनी मन्दिरमा गएको एक फोटो लाई बिगारेर यस्तो बनाइएको हो। फोटोशप को मार्फत उनको कपाल नभएको देखाएको हो। वास्तविक तस्विर यस्तो रहेको छ।

एजेन्सी