रोशन र सृजना लाई ‘मिस्टर एण्ड मिस नेपाल आइकोनिक ‘ को उपाधि

...

<pre><b>भदौ, काठमाडौं।</b>&nbsp;</pre><p style="text-align: justify; ">क्रिएसन प्रोडक्सन प्रालि र ओईसिस ईण्टरटेनमेन्ट प्रालिको संयुक्त आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ मा बिजेता रोशन पाण्डे र सृजना पाण्डे बिजेता बन्न सफल भएका छन्। &nbsp;आफुहरु लाई अन्य प्रतिस्प्रधी भन्दा फरक,बिउटिफ़ुल &nbsp;ह्यान्डसम र बौद्धिक रुपमा अब्बल साबित गर्दै अन्य प्रतिस्प्रधीहरुलाई पछि पार्दै &nbsp;रोशन पाण्डे र सृजना पाण्डेले उक्त ताज पहिरहन सफल भएका थिए । त्यस्तै मिस्टर तर्फ फर्स्ट रनरअप प्रकाश गौतम र सेकेन्ड रनरअप सुजन रेग्मी बन्न सफल भएका थिए भने मिस तर्फ फर्स्ट रनरअप सम्प्रदा लामिछाने र सेकेन्ड रनरअप सन्जु सुवाल भएका थिए । &nbsp; &nbsp; &nbsp; &nbsp;</p><p style="text-align: justify; ">प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य &nbsp;गरेको आयोजक क्रिएसन प्रोडक्सन प्रालिकि सी ई ओ शोभा पौडेलले जानकारी गराईन ।</p><p style="text-align: justify; ">मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ को अन्तिम प्रतिश्प्रधामा निर्माता सुनिल रावल, संचारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, निर्देशक दिनेश राउत लेखक केदार भुसाल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए । &nbsp;&nbsp;</p><p style="text-align: justify; ">&nbsp; मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर निरुता स्याङ्ग्तानले गरेकी थिइन् भने क्रिएसन प्रोडक्सन प्रालि र ओईसिस ईण्टरटेनमेन्ट प्रालिले संयुक्त रुपमा उक्त प्रतियोगिता आयोजना गरेको थियो । क्रिएसन प्रोडक्सन प्रालिकि सी ई ओ शोभा पौडेलका अनुसार यस &nbsp;सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएकी छिन र भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवाहरुलाई प्रोत्साहन मिल्ने आत्मा बिश्वासका साथ् उनीहरुको भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा पनि उनि बताउछन ।मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ कार्यक्रमको संचालन यसोधा राइले गरेकी थिइन् ।</p>