‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक

...

<pre><b>भदौ, काठमाडौं। &nbsp;</b></pre><p style="text-align: justify; ">रोमन्टिक लभ स्टोरी मा आधारित चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक &nbsp;गरिएको छ । विनोद न्यौपने, राजेश ढुंगाना, ऋचा सिंह ठकुरी, यनि कुँवर, गौरी मल्ला, भोमन कटुवाललगायत कलाकारको अभिनय रहेको चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गरेका हुन् ।राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको काठमाडौं आसपास तथा पूर्वको रमणीय स्थानमा छायांकन गरिएको छ। &nbsp;</p><p style="text-align: justify; ">अर्जुन पोखरेलको संगीत,राजु किराँतको द्वन्द्व, कमल राइको कोरियोग्राफी रहेको यस चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् । कल्याण अधिकारी र बिरेन्द्र कुमार यादवको संयुक्त निर्माणमा बनेको चलचित्र यहि असोज २७ गतेदेखि अल नेपाल रिलिज हुने भएको छ। &nbsp;</p>