आक्रमक बन्दै ‘ए मेरो हजुर २’, दुई दिनमै कमायो २ करोड बढी

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">शुक्रबार बाट प्रर्दशनमा आएको चलचित्र 'ए मेरो हजुर २' यतिवेला आक्रमक बन्दै गएको छ। प्रर्दशनको पहिलो दिनमै बम्पर ओपनिंग गरेको चलचित्रले दुई दिनमानै २ करोड ग्रसको व्यापार गर्न सफल भएको छ। यतिवेला चलचित्र हेर्नका लागी दर्शकहरुको सबैहलहरुमा भिड लागेको छ। आज आइतवार पनि सार्वजनिक विदा भएका कारण विहानै बाट दर्शकको ओइरो लागेको छ।&nbsp;</p><p style="text-align: justify; ">जानकारीमा आएअनुसार प्रदर्शनको पहिलो दिन देशभरबाट कूल ७८ लाख ७१ हजार कलेक्सन गरेको चलचित्रले दोस्रो दिन राजधानीबाट ८७ लाख ७५ हजार र बाहिरबाट ७२ लाख ५५ हजार कलेक्सन गरेको छ। चलचित्रले दुईदिनमा कूल २ करोड ३९ लाख १ हजार कलेक्सन गर्न सफल भएको छ ।</p><p style="text-align: justify; ">चलचित्रका लागि दर्शकहरुमा नायक तथा नायिका हरुको क्रेज उत्तिकै देख्न सकिन्छ्। साथै चलचित्र हेरेर फर्किएकाहरुले पनि चलचित्रको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटो उत्कृष्ट लागेको बताएका छन्।&nbsp;</p><p style="text-align: justify; ">झरना थापा निर्देशित यो चलचित्रमा &nbsp;साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, सलोन बस्नेत,अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।&nbsp;</p>