प्रियंका र अर्पणको ‘बटरफ्लाई’ पुषमा आउने

भदौ, काठमाडौं।

नायिका प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र 'बटरफ्लाई'को प्रर्दशन मिति फाईनल भएको छ। ओम प्रतिक गुरुङको लेखन तथा निर्देशनमा बनेको यस चलचित्र पुष २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ।

यसअघि चलचित्रमा रहेको होली गीत सार्वजनिक भइसकेको छ। जसले दर्शकहरुको राम्रो साथ पाएको छ। विकास चौधरी, दिपक शर्माको संगीत, शान्तिप्रिय, ओम प्रतिक गुरुङ, प्रमोद ढुंगाना, सरोज लामिछानेको गीत रहेको चलचित्रमा युवराज चौलागाईं, राजेशपायल राई, माण्डवी त्रिपाठी, विश्व नेपाली र कोशिष क्षेत्रको स्वर रहेको छ।

पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेको यस चलचित्रमा रमेश प्रजापति कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा सुरेश बज्राचार्यको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।