‘ए मेरो हजुर २’ : यति छ तीन दिनको कलेक्शन

भदौ, काठमाडौं।

नायिका झरना थापाको निर्देशनमा बनेको चलचित्र ए मेरो हजुर २ ले यतिवेला बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दै आएको छ। गत शुक्रवारबाट देशभर रिलिज भएको चलचित्रले प्रर्दशनको तीन दिनमै आक्रमक व्यापार गरेको छ। चलचित्रले देशभरबाट तिन दिनमा ३ करोड ४३ लाख ४१ हजार ग्रस कलेक्सन गरेको छ । चलचित्रले शुक्रबार देशभरबाट ७८ लाख ७१ हजार ग्रस कलेक्सन गरेको थियो।
त्यस्तै चलचित्रले शनिबार राजधानीबाट ८७ लाख ७५ हजार र मोफसलबाट ७२ लाख ५५ हजार गरी जम्मा १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गरेको छ । काठमाडौं वितरक गोविन्द शाहीले शनिवारको कलेक्सन अहिलेसम्मकै उच्च रहेको बताएका छन्। यस्तै आईतबार पनि सार्वजनिक बिदा परेकोले चलचित्रको कमाइ अझै बढेको छ। आईतबार राजधानीबाट ५३ लाख १५ हजार र मोफसलबाट ५१ लाख २५ हजार कलेक्सन गर्दै चलचित्रले जम्मा १ करोड ४ लाख ४० हजारको ग्रस कलेक्सन गरेको छ । यसरी हिसाब गर्दा चलचित्रले तीन दिनमा ३ करोड ४३ लाख ३९ हजार रुपैँयाको ग्रस कलेक्सन गरेको छ ।
लगातार सार्वजनिक विदा परेका कारण पनि ‘ए मेरो हजुर–२’ को व्यापार झन उकालो लाग्दो छ । भोली मंगलवार पनि सार्वजनिक विदा परेकाले मुलुकभरका सबै हल हाउसफुल हुने वितरक बताउँछन । ‘ए मेरो हजुर–२’ ले बलीउड फिल्म 'बादशाहो' लाई समेत विस्थापित गरेको छ । शुक्रवार 'बादशाहो' प्रदर्शनमा आएका हल अहिले ‘ए मेरो हजुर–२’ ले कब्जा गरिसकेको छ ।
चलचित्रका लागि दर्शकहरुमा नायक तथा नायिका हरुको क्रेज उत्तिकै देख्न सकिन्छ्। साथै चलचित्र हेरेर फर्किएकाहरुले पनि चलचित्रको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटो उत्कृष्ट लागेको बताएका छन्। चलचित्रमा  साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, सलोन बस्नेत,अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।