आदित्यले कंगनालाई भने -पागल हो यो केटी

भदौ, काठमाडौं।

भारतीय चर्चित शो 'आप की अदालत'मा आफ्नो पुरानो सम्बन्धलाई अगाडि ल्याएपछि बलिउड एक्ट्रेस कंगना रनावतले आफुलाईनै मुस्किलमा पारेकी छिन्। एकातर्फ उनका फ्यानहरुले उनको वयानको तारिफ गरेका छन् भने अर्को तर्फ मानिसहरुले उनको रवाफलाई नकार्दै आएका छन्।

शोको  दौरान कंगनाले हरेक सवालको खुलेर जवाफ दिएकी थिईन जसका कारण उनको पुर्व प्रेमी आदित्य पांचोली भड्किएका छन्।  कंगनाले आफ्नो वयानमा ऋतिक र आदित्य रोशनलाई निशाना बनाएकी थिईन्। यति मात्र नभई उनले आफ्नो व्यक्तिगत सम्बन्धको बारेमा पनि बताएकी थिईन जसमा आदित्य पंचोलीको नाम पनि जोडिएको थियो।

इंडस्ट्रीमा मेहनत गरिरहेकी कंगना एक पटक आदित्यको साथमा अफेयरमा थिईन तर आदित्यले  कंगनालाई मारपिट गरेका थिए। यो कुरा कंगना स्वयंले शोको दौरान बताएकी छिन्। कंगनाले आदित्य पंचोलीले उनलाई कैयौं पटक  शारीरिक रुपमा चोट पुर्याएको बताएकी थिईन्।

यसै वयानलाई लिएर  अब आदित्य भड्किएका छन्। उनले कंगनालाई पागल भनेका छन्। आदित्य को भनाई छ- 'उसलाई गर्न नै के सकिन्छ, तपाईले उसको अन्तरवार्ता त हेर्नुभयो एक पागलनै यस्तो कुरा गर्न सक्छ। म यो  इंडस्ट्रीमा कैयौं वर्ष देखि छु तर कसैले मेरो बारेमा कहिल्यै यस्तो भनेको छैन। तपाई जब फोहोरमा ढुंगा फ्याक्नुहुन्छ फोहोर त तपाई आफैमा पर्छ'।

उनले अगाडि भने -'मेरो साथमा उनको अफेयरको बारेमा उनले झुट बोलेकी छिन्। यस्तो प्रकारको कुराले मेरो परिवारमा निकै असर परेको छ। म र मेरी पत्नि यस विषयमा कानुनी एक्शन लिनेवाला छौं'। एजेन्सी