‘लिटिल स्टार २०१७’का प्रतियोगीले देखाए प्रतिभा

भदौ, काठमाडौं।

बालबालिकामा अन्तरनिहित प्रतिभालाई बाहिर ल्याई उनीहरुको भविष्य उजागर गर्नका लागी आयोजना गरिएको ‘लिटिल स्टार २०१७’का प्रतियोगीले आफुमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् । शनिबार राजधानीको नेपा ब्याङ्क्वेटमा आयोजित प्रतियोगीताको ट्यालेन्ट राउण्ड अन्तर्गत उनीहरुले आफुमा रहेको बिभिन्न प्रतिभा प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा अधिकाम्स प्रतियोगीले पप, आधुनिक र चलचित्रका गीतमा नृत्य गरे, भने केही प्रतियोगीले गायन, कविता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए  ।ट्यालेन्ट राउण्डको जर्जको रुपमा गायक राजु महर्जन, मेकअप आर्टिस रश्मि श्रेष्ठ,  नृत्य निर्देशक रोहन महर्जन, ब्यवसाही अर्जुन श्रेष्ठ, चलचित्र निर्माता दीपक कपाली लगायत रहेका थिए ।

यसमा संस्करणमा उपत्यका करिब ५० बढी बिद्यालयका १०० बालबालिकाले पहिलो अडिसन दिएका थिए । ति मध्यबाट ६० प्रतियोगी फाइन प्रतिस्पर्धाका लागि छानिएका हुन् ।

प्रतियोगी बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिन लागेको  ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौले बताए । २० भदौ अर्थात यहि मंगलबार जमल स्थित नाचघरमा एक भब्य कार्यक्रम सहित प्रतियोगीता फाइनल आयोजना हुँदैछ । फाइनलमा बिजेता तथा उपबिजेता छानिने छन् । बिजेता तथा उप–बिजेताले उपाधिका साथमा बिभिन्न उपहार समेत जित्न सक्नेछन् ।