तनुस र पलिष्ठालाई ‘लिटिल स्टार २०१७’ को उपाधि

भदौ, काठमाडौं।

यस वर्षको  ‘लिटिल स्टार ’को उपाधि तनुस ढकाल र पलिष्ठा महर्जनले हात पारेका छन्। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा तनुसले १० र पलिष्ठाले २८ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका हुन् ।

यसका साथै कार्यक्रममा पलिष्ठाले मोष्टट्यालेन्ट र मोष्टपपुलरको उपाधि पनि जितेकी थिईन भने तनुसले पनि फोटोजेनिक उपाधि आफ्नो बनाएका थिए। बिजेताले कार्यक्रममा  बिभिन्न उपहारका साथमा अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरेका थिए ।  प्रतियोगीतामा पारम्ब श्रृखडा र प्रख्या शर्मा फष्टरनर अफ चुँनिदा र आरोही लामिछाने र दर्शना कोइराला सेकेण्डरनरअफ घोषित भएका छन्। ।

प्रतियोगितामा उमेश खड्का सिनियर कलाकार –नेगेटिभ रोल नेपाली चलचित्र,मन्जु बंजारा ढकाल फेसन डिजाइनर तथा मिस हेरिटेज नेपाल इन्टरनेशनल २०१६, श्रीमती मुना श्रेष्ठ निर्देशक आन , श्रीमती रोयन महर्जन एमडी नेपाल डान्स एकेडमी,गायक राजु महर्जन लगायतका व्यक्तिहरु निर्णायक रहेका थिए।  प्रतियोगीताको कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी थिईन्।  बालबालिकाको बिभिन्न प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगीता आयोजना गरिएको ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौले बताए ।