सलमानले खोले ड्राइभिंग सेन्टर,ट्वीटरमा मानिसहरुले उडाए यस्तो मजाक

भदौ, काठमाडौं।

यतिवेला बलिउड स्टार सलमान खान अबु धाबीमा फिल्म टाइगर जिंदा हे को शुटिंगमा व्यस्त रहेका छन्। शूटिंगको दौरान कटरीना र सलमानका  फोटोहरुपनि सोशल मिडियामा भाइरल बनिरहेको छ। यसैविच हालै सलमानले दुबईमा एक ड्राइभिंग सेंटर को उद्घाटन गरेका छन्। जबकि सलमान आफैं एक पटक हिट एण्ड रन केशमा फसिसकेका छन्। उनले सडकको किनारमा सुतिरहेको मानिसमाथि गाडी चलाएका थिए। जसमा एक जनाको मृत्यु भएको थियो र अरु चार जना घाइते भएका थिए।

यसैकारण सलमानले अहिले ड्राइभिंग सेंटर को उद्घाटन गर्दा उनलाई धेरैले मजाक मा उडाएका छन् र ट्रोल बनाएका छन्। सलमानले जुन सेन्टरको उद्घाटन गरेका थिए त्यो दुबईको सबैभन्दा ठुलो ड्राइभिंग स्कूल हो।

जब यो खवर सोशल मिडियामा आयो युजरहरुले सलमानको मजाक उडाउन सुरु गरेका छन्। केही प्रयोगकर्ताले मस्ती गर्दै यस अवस्थामा गुरमीत राम रहीम, चेतन भगत, उदय चोपड़ा र कैयौं अन्य हस्तीलाई पनि जोडेका छन्।

केहीले सलमानको पोस्टमा कमेन्ट गर्दै भनेका छन् अब गुरमीत राम रहीमले  विमेन सेफ्टी सेंटर खोल्नेछन्। त्यस्तै अर्का एक जनाले भनेका छन् अजय देवगन र सनी देओल साथ मा एक डांस स्कूल खोल्नेछन्।त्यस्तै अर्को प्रयोगकर्ता लेख्छन् यदि चेतन भगत किताब लेख्न सक्छन भने म पनि  ड्राइभिंग स्कूल खोल्न सक्छु। यस्तै प्रकारको ट्वीटगर्दै यतिवेला सलमानको यो कार्यलाई धेरैले हाँसोमा उडाएका छन्। एजेन्सी