हलहरुमा ‘२ रुपैंया’ , कस्तो आउला प्रतिकृया?

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">दर्शकहरुमा निकैनै प्रतिक्षित बनेको चलचित्र '२ रुपैंया' आजबाट सिनेमाहलहरुमा लागेको छ।काठमाडौंका मल्टिप्लेक्समा उच्च शो पाएको दुई रुपैयाँले देशभरका करीब ८० भन्दा बढी हलहरुबाट प्रदर्शन सुरु गरेको हो । &nbsp;गीत तथा ट्रेलर रिलिज संगै निकैनै चर्चा कमाएको चलचित्रले राम्रो व्यापार गर्नेमा निर्माणपक्षहरु विश्वस्त रहेका छन्।&nbsp;</p><p style="text-align: justify; ">सोलो रिलिजको मौका पाएको यस चलचित्रले हलहरुमा दोस्रो सातामा लागेको 'ए मेरो हजुर २' संग भिड्ने भएको छ। &nbsp;कुटुमा कुटु बोलको गीतबाट नै प्रतिक्षीत बनेको '२ रुपैंया'मा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा, विशारद बस्नेत, राजन इशान लगायतका कलाकारहरुको मुख्य भूमिका छ । जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा बनेको चलचित्रमा आशिफ शाह र निश्चल बस्नेतको लगानी रहेको छ ।चलचित्रलाई असीम शाहले निर्देशन गरेका छन्।&nbsp;</p><p style="text-align: justify; ">कमेडी जनरामा तयार पारिएको यस चलचित्रले गीत तथा ट्रेलर जस्तै दर्शकको साथ मिल्छ या मिल्दैन यो भने हेर्न बाँकी नै छ।&nbsp;</p>