गायिका डोमा शेर्पाका दुई गीत (भिडियो)

...

<pre><b>भदौ, काठमाडौं ।</b>&nbsp; </pre><p style="text-align: justify; ">गायिका डोमा शेर्पा आफ्ना दुई नया“ म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी छिन् । डोमाले गायक आङ तिन्जी शर्पासंग गाएको रोमान्टिक शेर्पा नादिन गीत ‘ये है कान्छी’ तथा पप गीत ‘अर्को जुनीमा होइन’ का भिडियो सार्वजनिक गरेकी हुन् ।</p><p style="text-align: justify; ">ये है कान्छिी गीतमा पासाङ तेन्जि शेर्पाको शब्द तथा संगीत सुन्न सकिन्छ । उक्त गीतको भिडियोमा आङ तेन्जि शेर्पा तथा डोमा शेर्पाले अभिनय गरेका छन् । दीपक विष्टको सम्पादनको उक्त भिडियोलाई मुकेश हुमागाइ“ले छायांकन गरेका हुन् । उक्त यूगल गीतको भिडियोको निर्देश्ँन शेर साउदले गरेका हुन् ।</p><p style="text-align: justify; ">गायिका शेर्पाको आधुनिक शैलीको गीत ‘अर्को जुनीमा होइन…’ को म्युजिक भिडियोको निर्देश्ँन भने सोनम पाख्रिनले गरेका छन् । उक्त गीतमा गायिका शेर्पाकै शब्द तथा संगीत सुन्न सकिन्छ । भिडियोमा भने जोर्डन राजभण्डारी तथा निशाले अभिनय गरेका छन् । बबी राज गहतराज उक्त गीतका संगीत संयोजक हुन् । रुपेश थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।</p><p style="text-align: justify; ">विज्ञान विषयमा स्नाताकोत्तर गरेकी गायिका शेर्पाले संगीतमा पनि स्नातक उत्तिर्ण गरेकी छिन् । खस, शेर्पा, तिब्बती, लिम्बु, बंगाली, हिन्दी आदि भाषाका गीतहरुमा समेत स्वर प्रदान गरिसकेकी गायिका शेर्पाले दर्जनौं नेपाली गीतहरु गाइसकेकी छिन् ।&nbsp;</p><pre style="text-align: justify; ">यस्ता छन् म्युजिक भिडियो&nbsp;
<iframe frameborder="0" src="//www.youtube.com/embed/XXnmjOBRTu0" width="640" height="360" class="note-video-clip"></iframe>

<iframe frameborder="0" src="//www.youtube.com/embed/fm4eVwf6i4w" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>