भदौ, काठमाडौं।

लामो समयदेखि युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रुपमा रहेको चलचित्र 'छक्का पंजा' को गीत 'सुर्के थैली'को रेकर्डलाई 'कुटुमा कुटु'ले पछि पारको छ। चलचित्र प्रदर्शनमा नआउँदै २ करोड भ्युअर्स कमाएको यस गीत अब युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ। हामीले यो समाचार तयार पार्दासम्म गीतलाई २ करोड १९ लाख ६५ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन्। '

राजनराज शिवाकोटीको शब्द तथा संगीत तथा राजनराज शिवाकोटी, मेलिना राई र राजन ईशानको स्वरमा रहेको गीतले सार्वजनिक भएको छोटो समयमै निकै चर्चा कमाएको छ। गीतको भिडियोमा स्वस्तिमा खड्काको साथमा निश्चल बस्नेत, आशिफ शाह र बुद्धि तामाङको नृत्यलाई पनि धेरैले रुचाएका छन्।

गीतको चर्चार्सगै शुक्रवारबाट प्रर्दशनमा आएको चलचित्र २ रुपैयाले प्रर्दशनको दुईदिनमा निकै राम्रो व्यापार गरिरहेको छ।