‘ओ एस नेपाल म्युजिक अवार्ड २०७४’ सम्पन्न ,श्रष्टा तथा सचांरकर्मीको सम्मान

भदौ,काठमाडौं।

गीत संगितको क्षेत्रमा लागेकाहरुको उच्च मुल्याकंन गर्दै वर्षेनी सम्मानीत गर्दै आएको ओएस नेपालले यो वर्ष पनि गित संगितका क्षेत्रमा उत्कृष्ट कामगर्ने श्रष्टाहरुलाई सम्मान गरको छ ।
ओएस नेपालले शुक्रवार ओएसनेपाल म्युजिक अवार्ड मार्फत गीत संगीतका साधकलाई सम्मानित गरेको छ । गीत संगीतको साधनामा लागको ४८ विधाका श्रष्टालाई सम्मान गरको हो । जसमा लोक गीत, लोकदोहोरी, पप, आधुनिक, नेवारी भाषा र भोजपुरी भाषाका गित संगीत क्षेत्रका साधकलाई सम्मान गरेको हो ।
लोकदोहोरी तर्फ उत्कृष्ठ म्युजिक एरेन्जरमा कृष्ण विक, डाइरेक्टरमा कपिल लामा, म्युजिकमा सहदेव कोइराला, म्युजिक भिडियो मोडल तर्फ पुरुषमा, दुर्गेश थापा र वेष्ट भोकल नवोदित गायिका संगिता मगरले अवार्ड प्राप्त गरेका छन् ।
त्यस्तै वेष्ट लिरिक्समा कस्तुप पन्त र वेस्ट म्युजिक भिडियो इडिटरमा दिपक विष्ट परेका छन् । लोकगित तर्फ उत्कृष्ट गायकमा पुस्कल शर्मा मलामी सम्मानीत भएका छन् भने आधुनिक गितमा सर्वोत्कृष्ट गायक सुरज कुमार थापाले अवार्ड हात पारे ।
आधुनिक गितको नव गायकमा सुरेन गौतमलाई सम्मानित गरीयो । त्यस्तै पप संगितमा अमित जावला, महिला तर्फ लिरिक्समा अस्मिता सुमेरी, वेस्ट पप गीत  नव गायकमा रुदेश डंगोलले अवार्ड चुमेका छन् । वेष्ट पप गीत फिमेल पूजा  गुरुगं अगाडी आएकी छन् । ओएस नेपाल  म्युजिक अवार्डले अन्य राष्ट्रिय भाषाका संगित साधकलाई पनि समेटेको छ ।
जसमा नेवारी गित तर्फ भुपेन वज्राचार्य, नेवारी गायकमा कृष्ण भट्ट महर्जन, भोजपुरी गितमा गायक संतोष राज अवार्डका लागि चुनिए । ओ एस अवार्डमा राष्ट्रिय गित लिरिक्समा उमेश लम्साल चुनिए । पप गित संगित तर्फ वेस्ट म्युजिक भिडियो डाइरेक्टर, पपमा सुरेश श्रेष्ठ, वेष्ट पप गीत फिमेल रिता गुरुगंले अवार्ड हात पारे । सबै विधामा उत्कृष्ट हुनेहरुलाई वरिष्ठ गायिका तिर्थकुमारी थापाले पुरस्कार वितरण गरेकी थिइन् ।
ओ एस नेपालले आफ्नो सांगीतिक क्षेत्रमा सहयोग पुर्याउने संचारकर्मीलाई पनि सो अवसरमा सम्मान गरेको छ । जस अन्तर्गत सुर्य वस्याल, कमल सरगम लगायतका संचारकर्मी सम्मानीत भएको छ । सांगीतिक क्षेत्रमा लागेको लामो समय पछि त्यसको मुल्याकंन गर्दै ओएसनेपालले सम्मानित गरेको भन्दै सम्मानित संगित साधकले खुसी ब्यक्त गरेका छन् ।