प्रिया खड्कालाई ‘मिस कोशी’को उपाधि

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">विराटनगरको बिरेन्द्र सभा गृहमा मिस कोशीको चौथौं संस्करण सम्पन्न भएको छ।प्रतियोगितामा &nbsp;यस वर्षको मिस कोशी २०१७ को उपाधि प्रिया खड्काले हात पारेकी छिन्। कोशी अञ्चलका विभिन्न शहरका १३ जना प्रतिस्पर्धीलाई पछि पादै प्रियाले यो उपाधि पहिरिएकी हुन्। प्रतियोगितामा &nbsp;मोनिका देवकोटा फस्ट रनर अप र विना तामांग सेकेण्ड रनर अप भएका छन्।&nbsp;</p><p style="text-align: justify; ">विजेतालाई नगद रु २५,००० का साथै &nbsp;विन्दवासीनी म्यूजिक प्रा.लि.ले २ वटा म्यूजिक भिडियोमा खेलाउने र कन्ट्रोल ल्यूब्रीकेन्टले १ वर्ष ल्यूब्रीकेन्ट प्रदान गर्ने भएको छ। साथै विजेता प्रियाले अक्वा पावर गार्ड, जानकी वाटर टेंक, पामाकेयर द्वारा गिफ्ट हयाम्पर प्राप्त गरेकी छिन्। त्यस्तै फस्ट रनर अपले रु १५,०००र– र विन्दवासीनी म्यूजिक प्रा.लि. को तर्फबाट १ वटा म्यूजिक भिडियोमा खेल्ने मौका पाएकी छिन्। त्यसै गरि सेकेण्ड रनर अपले ११,०००र– र विन्दयवासीनी म्यूजिक प्रा.लि.को तर्फबाट &nbsp;म्यूजिक भिडियोमा खेल्ने अवसर प्राप्त गरेकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">कार्यक्रममा प्रमुख अतिथिको रुपमा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली थिए भने &nbsp;जर्जको रुपमा गायक राम कृष्ण ढकाल, पवन सरडा, मुकेश उपाध्यय(भट्टराई) किरण कर्ण, नवनिता रिजाल रहेको &nbsp;आयोजक कमिटि तथा करिमजमेटिक एडभान्टेज एडभरटाईजि¨का अध्यक्ष अमलेश कर्णले बताए ।&nbsp;</p>