मौलिक संस्कृति जोगाउने अभियानमा ‘घोडचडी’

भदौ, काठमाडौं।

एक मानिस आँगनीमा जुत्ता सिलाउने काम गरिरहेका छन् । नजिकैको घरको पिँडीमा एक महिला टोलाएर बसेकी छिन् । जुत्ता सिलाएर बसेका ‘बौका’ नामगरेका ति मानिस टोलाएर बसेकी भाउजु ‘भगेनी’ को अवस्था देखेर दंग पर्छन् । केहि बेरमा ति महिलाले ठुलो चिन्ता लिन्छिन् त्यो हो आफ्नो छोरी ‘बुधिनी’को बिहे ।

त्यो घरमा सबैभन्दा चिन्ताको बिषय भनेकी बुधिनीको बिहेको हुन्छ । बौका बोल्न सक्दैनन्, त्यति मात्र होइन उनी शारिरीक अपांग पनि छन्, सामान्य मानिस झैं उनी सहजै हिडडुल गर्न पनि सक्दैनन् । उनी आफैं एक्ला छन् तर उनको सबैभन्दा ठुलो चिन्ताको बिषय भनेको बुधिनीको बिहे नभएकोमा हो । उनले दाई भगतराम, भाउजु भगेनी र भतिजो रबिलाई बुधिनीको विवाह गरिदिनका लागि ठूलै दबाब दिईरहन्छन् । तर बुधिनीलाई आफ्नो बिहेको बिषयमा चिन्ता नै छैन । उनलाई चिन्ता चम्फुली बाजा र घोडचडी नाच लोप हुँदै गएकोमा छ । त्यसैले पनि उनले चम्फुली बाजा र घोडचडी नाँचको प्रचारप्रसारका कालगी गाउँमा एक मेला आयोजना गर्ने तरखरमा हिडिरहेकी हुन्छिन् । त्यस्तै बुधिनीको बुबा भगतराम र बुधिनीको भाई रबि पनि बुधिनीको बिहे चाहदैनन् । रबि भने दिदीसँग काठमाडौंमा आएर पढ्ने ठूलो सपना देखिरहेको हुन्छ, दिदीको विवाह भए काठमाडौंमा दिदीसँग बसेर पढ्न पाइन्न भनेर रबिले दिदीको विवाहको कुरै सुन्न चाहदैन । दिदिले कुनै तरिकाबाट बिहे नगर्ने नाटक गरिरहदा पनि रबि साँच्चैनै दिदिले बिहे गर्न लागिन् कि भनेर रिसाउछ ।

प्रस्तुत कथा राजधानीको शिल्पी थिएटरमा चलिरहेको नाटक ‘घोडचडी’ को हो । सुवलमणि सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो नाटक यहि भदौ १६ देखी शुरु भएको हो भने नाटक आउदो असोज २ गते सम्म चल्नेछ । नाटकमा मुख्यतया चमार समुदायको लोपहुँदै गएको घोडचडी नाँचलाई मुख्य बिषय बनाइएको छ ।
गाउँमा धेरै पढेकी भनिएकी २४ बर्षिय बुधिनीले शहरमा बसेर डिग्री पढ्दै गरेकी हुन्छिन् । तर गाउँभरी उनले विवाह नगरेको र एक्लि केटी बाहिर–बाहिर बसेको भन्दै बिभिन्न कुरा काटिएको हुन्छ । पधेरामा कुरौटे एउटी बुहारी ललिताले बुधिनीकी आमा र छिमेकी रामबत्तीसँग बिभिन्न कुरा काटेकी हुन्छिन् ।
चमार जातिको घोडा नृत्य, चम्खोलि बाजा र आस्थाको केन्द्र थान (मन्दिर वा मठ) मा गुन्जिने भक्ति संगित एवं पूजा विधिको परिवेश प्रस्तुत गरिएको छ । तेत्तिसजना कलाकारलाई एउटै मञ्चमा उभ्याउन सफल नाटक ‘घोडचडी’ मा मुख्य कलाकार भगतरामको  भूमिकामा लोकमणि सापकोटा र भागिनीको भूमिकामा सरस्वति अधिकारी र बौकाको भुमिकामा बिज्ञान गजुरेलको अभिनयले दर्शकलाई अभ भावुक बनाउछ ।

नाटकमा अन्य कलाकारहरु बुधनारायण–सविन कट्टेल, रामवती–सुरभी सापकोटा, ज्वाइँरचमरु–मात्रिका घिमिरे,बुधुनी–दिलासा श्रेष्ठ केसी,पत्रकार–सवनम चौधरी, भुटुवा–सुलभ पाण्डे, मान बहादुर सर–रुपेश लामा,जयकिशन–कपाशेली लक्ष्मण,खबरी–इश्टू, रवी–अनिल कुर्मी,सदानन्द–शंकर काफ्ले,बुहारी–नम्रता काफ्ले र चोर–सन्तोष गौतमले आआफ्नो भूमिकालाई न्याय गरेका छन् । एकघण्टा चालीस मिनेट लामो नाटक शिल्पी थिएटरमा हप्ताको मंगलबार बाहेक अन्य बार बेलुकी ५ः१५ देखी लागिरहेको छ ।

यो सामाग्री हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।