नगुमाउनुस् २ रुपैयाँमानै चलचित्र ‘२ रुपैयाँ’ हेर्न पाउने अवसर

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;गत शुक्रवारबाट प्रर्दशनमा आएको निश्चल बस्नेत तथा आशिफ शाहको '२ रुपैंया'ले यतिवेला राम्रो व्यापार गरिरहेको छ। चलचित्रले देशव्यापी रुपमा ३ करोड बढी कलेक्शन गरेको कुरा बाहिरिएको छ।&nbsp;</p><p style="text-align: justify; ">यस्तैमा चलचित्र टिमले दर्शकहरुलाई नयाँ अफर लिएर आएको छ। बताइएअनुसार काठमाण्डौँका दर्शकहरुले २ रुपैयाँमै चलचित्र &nbsp;हेर्न पाउने भएका छन् । राजधानीको कमलपोखरीमा रहेको कुमारी हलमा आउँदो २९ गते बिहिबार सुरुमा टिकट काट्ने १०० जना दर्शहरुले मात्र २ रुपैयाँमा चलचित्र हेर्न पाउने भएका छन् । टिकट काट्नको लागि काउन्टर बिहान ११ बजे खुल्नेछ भने शो १२ः३० को रहेको छ ।टिकट पाउनको लागि २ रुपैयाँको नोट नै लिएर आउनुपर्नेछ, सिक्काले टिकट पाईने छैन ।</p><p style="text-align: justify; ">गतसाता कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने कार्यक्रम ‘ह्वाट्स द फ्लप’ मा पुगेका निश्चल र आशिफलाई प्रस्तोता सन्दिपले ठट्टै ठट्टामा दुई रुपैयामा चलचित्र देखाउने अफरको बारेमा बताएका थिए। जसलाई चलचित्रका नायकद्वयले सहज रुपमा लिएका थिए।सन्दिपले दिएको उपाए अपनाएर नै आशिफले पोखराको मिडटाउन सिनेमामा रु २ मा ‘२ रुपैयाँ’ सिनेमा हेर्न मिल्ने योजना बनाएका थिए । योजना अन्तर्गत शुक्रबार पोखराको मिडटाउन सिनेमाजमा चलचित्र रु २ मा ‘२ रुपैयाँ’ १० जनाले हेरेका थिए ।<br></p>