सनीको खुलासा- डिप्रेशनको सिकार भएका थिए बबी देवल

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका देओल दाजुभाई सनी देओल तथा बबी देओल को फिल्म 'पोस्टर व्याइज' गत शुक्रवारबाट प्रर्दशन भइरहेको छ। यसैविच हालै सनीले मिडियासामु आफ्नो भाई बबी डिप्रेसनको सिकार हुन पुगेको खुलासा गरेका छन् । सनीले विगत १० वर्षदेखि कसैले पनि बबीलाई फिल्ममा नलिएकाले बबी डिप्रेसनमा गएको &nbsp;खुलाएका हुन् ।निर्माता, निर्देशकसँग काम माग्दा नपाएकाले बबी डिप्रेसनमा गएको सनीले बताएका हुन् ।बबीले चार वर्षपछि हाल ‘पोस्टर ब्वाइ’ फिल्ममार्फत ‘कमब्याक’ गरेका हुन्। &nbsp;</p><p>&nbsp;हालै एक प्रेसमिटमा सनीसँग बबीको बारेमा पत्रकारले सोधेका थिए । बबीसम्बन्धी जिज्ञासामा सनी भावुक बनेका थिए। आफ्नो भाइबारे उनले रुँदै भने, ‘बबीले विगत १० वर्षदेखि निर्मातासँग फिल्म मागिरहेको थियो । तर, कसैले पनि उसलाई फिल्म दिएनन् । त्यसकारण ऊ डिप्रेसनमा गयो। उस्को त्यस्तो हालत हामीले कसरी सह्यौँ, त्यो हाम्रो परिवारलाई मात्र थाहा छ ।’ सनीले आफ्नो परिवार निकै बलियो भएकाले कुनै सदस्यलाई समस्या पर्दा सहारा बन्ने गरेको बताए । बबीले अन्तिमपटक सन् २०१३ मा रिलिज भएको ‘सिंह साहब दी ग्रेट’ नामक फिल्ममा केमियो रोलमा देखिएका थिए ।एजेन्सी</p>