अनिल कपुरको लुक्समा देखिइन् रविना टन्डन

...

<pre>भदौ, काठमाडौं।&nbsp;</pre><p style="text-align: justify; ">भारतीय टिभी च्यानल &nbsp;स्टार प्लसमा छिट्टैनै फराह खानको नयाँ शो लिप सिंग बेटल सुरु हुने भएको छ। यस शोमा कैयौं फिल्मी तथा टिभी स्टारहरु सामिल हुने भएका छन्। शोलाई फराह खान र कपिल शर्मा को दादीको रुपले चिनिएका अली असगरले होस्ट गर्नेछन्।&nbsp;</p><p style="text-align: justify; ">हालै शोको लागि बलिउडकी चर्चित एक्ट्रेस रवीना टंडनले सुटिंग गरेकी छिन्। जसको तस्विर फराहले ट्वीटरमार्फत शेयर गरेकी छिन्। यो फोटोमा रवीना को अवतारलाई देखेर फ्यानहरु अचम्ममा पर्न सक्नेछन्। &nbsp;</p><p style="text-align: justify; ">रवीनाले शोको लागी बलीउड एक्टर अनिल कपूरको गेटअपमा &nbsp;देखिएकी छिन्। यस लुक्समा उनी साच्चैनै अनिल कपुरको कपि देखिएकी छिन्। रविनाले अनिलको फिल्म राम लखनको लुक्स बनाएकी छिन्। रवीनाले शोमा अनिल कपूरको चर्चित गीतमा प्रस्तुति दिएकी छिन्। रविनाको यो लुक्स मिडियामा आउने वित्तिकै भाइरल बनेको छ र उनका फ्यानहरुमा यो शो प्रशारण हुने समयको पखाई तिव्र रहेको छ। &nbsp;एजेन्सी</p>