आशिष र एन्जिलाको ‘मेरो हलपल तिमी’ सार्वजनिक (भिडियो )

भदौ, काठमाडौं।

गायक आशिष गौतम (सचिन) मोफसलमा बसेर गित संगीतमा सक्रिय रही नेपाली सांगीतिक क्षेत्रलाइ केहि गरुँ भन्ने अभिप्रायको साथमा अगाडी बढी रहेका छन्।  भर्खरै मात्र  'मेरो हरपल तिमि' बोलको गित रेकर्ड गराई म्युजिक भिडियो समेत नेपाली सांगीतिक बजारमा लिएर आएका  गायक आशिष गौतम (सचिन) भविष्यमा नेपाली संगीत क्षेत्रमा नया र फरक ढंग बाट प्रस्तुत हुन लागि परेका एक गायक तथा श्रष्टा हुन् ।  अहिले उनि  गायिका एन्जिला रेग्मीको साथमा मेरो हरपल तिमि मनको हलचल तिमि भन्दै सांगीतिक बजारमा छाएका छन्।

सानै देखि गित संगीतमा रुचि राख्ने उनि पेशाले एक ब्यबसायी भएका हुन्।  नृत्य निर्देशक हुँदै एक सौन्दर्य प्रतियोगितामा टप टेनमा समेत पर्न सफल भएका सचिन अहिले चाइना र हङकङमा बसेर आफ्नो ब्यबसाय गर्दै आएका छन्।आफ्नो ब्यबसाय संगै सांगीतिक क्षेत्रमा केहि गरु भन्ने उदेश्यका साथमा र नेपाली गित संगीतलाई नेपालमा मात्र नभएर विदेशमा समेत चिनाउन लागि परेका गायक आशिष गौतम (सचिन)भविष्यमा एक सफल गायक बन्न चाहन्छन ।

मेरो हरपल तिमि मनको हलचल तिमि को गीतमा शब्द तथा संगीत भिम बिसीको रहेको छ भने यस गितको म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन्। मोडल आकाश श्रेष्ठ र मरिस्का पोखरेलको अभिनय रहेको म्युजिक भिडियोलाइ विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ।

भिडियो हेर्नुहोस