विल्सनको ‘सकस’मा झल्कियो काठमाडौंको गुण्डागर्दी (ट्रेलर)

...

<pre><b>भदौ काठमाडौं</b></pre><p>एक्शन, बदला तथा रोमान्सको कथामा बनेको चलचित्र 'सकस'को ट्रेलर सार्वजनिक भएको छ। विहिवार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। काठमाडौंमा चल्दै आएको गुण्डागर्दीको विषयमा बनेको यस चलचित्रलाई द्वन्द्व निर्देशक एन.बी.महर्जनले निर्देशन गरेका हुन्। चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, सुनिल दत्त पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।</p><p><p>चलचित्रमा रहरले भन्दा पनि बाध्यताले कसरी सामान्य मानिस गुण्डा बन्न बाध्य बन्छ भन्ने कथालाई उजागर गरिएको छ। चलचित्रमा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । सुन्दर श्रेष्ठको निर्माण रहेको चलचित्रमा सह निर्माताको रुपमा खाजेंद्र डाँगी र सुबास चन्द्र भट्टराई रहेका छन् ।चलचित्र कार्तिक २४ गतेबाट प्रर्दशनमा आउने भएको छ।<br> हेर्नुहोस ट्रेलर</p><pre><iframe frameborder="0" src="//www.youtube.com/embed/YPy6MYutqOg" width="640" height="360" class="note-video-clip"></iframe>
</pre></p>