धमला पत्नीको ‘अनुराग’बाट बाहिरिए नायक ,अब सलोनलाई अफर

...

<pre><b>भदौ काठमाडौं</b></pre><p>चर्चित पत्रकार ऋषि धमलाको पत्नी एलिजा गौतमले निर्माण गर्न लागेको चलचित्र 'अनुराग' बाट चलचित्र सुरु नहुँदै नायक बाहिरिएका छन्। गत बुधबार (भदौ २१) एलिजाले मोडल दिपक घिमिरेको मुख्य भुमिकामा &nbsp;चलचित्र 'अनुराग'को घोषणा गरेकी थिईन्। &nbsp;तर चलचित्रबाट दिपक बाहिरिएका छन्। चलचित्रका निर्देशक सत्यराज चौलागाईका अनुसार घिमिरेले समय दिन नसकेपछि उनी चलचित्रबाट बाहिरीएका हुन्।अब उनको ठाउँमा नायक सलोन बस्नेतलाई अफर गरिएको छ। '<br></p><p>करीब १ करोड बजेटमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, पोखरा र इलाममा हुने बताइएको छ । एलिजाका अलावा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।</p><p></p>