बन्ने भयो मह जोडीको ‘सत्रुगते’, देखिँदैछन् कलाकारहरुको जम्बो टोली

...

<pre><b>भदौ काठमाडौं</b></pre><p>मह संचार को प्रस्तुतीमा चलचित्र 'सत्रुगते' निर्माण हुने भएको छ। &nbsp;आज राजधानीमा कार्यक्रमको आयोजना गर्दै मह जोडीको चलचित्र 'सत्रुगते' घोषणा गरिएको हो। चर्चित हाँस्यकलाकार &nbsp;मह जोडीको साथमा अन्य थुप्रै कलाकारको जम्बो &nbsp;टोलीको अभिनयमा बन्न लागेको यस चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गर्ने भएका छन्। हरिवंश&nbsp;आचार्यको कथा तथा दिपकराज गिरी र प्रदिप भट्टराईको पटकथामा &nbsp;बन्ने यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौड्याल, पल शाह, आँचल शर्मा, किरण के.सी लगायत थुप्रै कलाकारहरुको मुख्य भुमिका रहने छ। '</p><p>चलचित्रमा दीर्घ गुरुंगको छायांकन, कविराज गहतराजको नृत्य तथा राजनराज सिवाकोटीको गीत संगीत रहनेछ्। चलचित्रलाई रमिला आचार्य, यसोदा सुवेदी, नरेन्द्र कंसाकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौड्यालको संयुक्त रुपमा निर्माण गर्ने भएका छन्।&nbsp;</p><p>कार्तिक ६ बाट चलचित्रको सुटिंग सुरु गरिने बताइएको छ। ५० दिनसम्म चल्ने चलचित्रको सुटिंग तराईका केही जिल्ला हरु बाट सुरुवात गरिनेछ्।&nbsp;</p>