<pre><b>असोज, काठमाडौं। </b></pre><p style="text-align: justify; ">कास्की जिल्लाको बिपन्नबर्ग क्षेत्रमा शिक्षा एवं स्वास्थ्यका क्षेत्रको सहयोगार्थ चर्चित म्युजिक व्याण्ड नेपथ्यले कोरियामा लाईभ कन्सर्ट गर्ने भएको छ। माछापुच्छ्र्रे सांगीतिक सौगात भाग–३ नामक यस कार्यक्रममा अक्टोबर ४ तारिखमा नेपथ्यले आफ्नो सांगीतिक प्रस्तुति दिने भएको छ। नेपथ्य ब्याण्ड लाईभ कन्सर्ट सौलको ओलम्पिक पार्कको ओलम्पिक हलमा भव्य रुपमा आयोजना हुने बताइएको छ । </p><p style="text-align: justify; ">कोरियन बिशेष चार्ड छुसकको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रमको साथमा कोरीया वासी नेपाली हरुले नेपथ्यको साथमा मनोरंजन लिन पाउने भएका छन्।कार्यक्रममा नेपथ्यले आफ्नो चर्चित गीतहरुको प्रस्तुती दिनेछ। अमृत गुरुङ्गको स्वर, सुरज थापा किर्बोड, सुबिन शाक्य ब्यास, निखिल तुलाधर ड्रम्स, निरज गुरुङ्ग र हरि महर्जनको गीतारको धुन सहित गर्मागर्मी हुने नेपथ्य ब्याण्डको प्रस्तुती महत्वपूर्ण रहने हुँदा कोरियामा रहेका नेपालीहरुले यस कार्यक्रमको मज्जा लिन सक्ने आयोजकको दावी छ । </p><div><br></div>