प्रदीप खड्कालाई ‘प्रेमगीत २’ युनिटबाट ५३ लाखको कार उपहार (भिडियो)

असोज, काठमाडौं ।

पछिल्लो समयका युवास्टार प्रदीप खड्कालाई चलचित्र  ‘प्रेमगीत २’ युनिटले सफलता पाएसँगै कार उपहार दिएको छ । काठमाडौंमा आइतबार चलचित्रको ५१ औं दिनको अवसर पारेर सेलिब्रेशन गरिएको कार्यक्रममा प्रदीपलाई चलचित्रको निर्माण कम्पनी आशुसेन फिल्मस्को तर्फबाट निर्माता सन्तोष सेनले ५३ लाखको कार उपहार दिएका हुन् । कार्यक्रममा चलचित्र क्षेत्रका चलचित्रकर्मी, चलचित्रका कलाकार, निर्माणपक्ष र पत्रकारको बाक्लो उपस्थिती थियो ।

निर्माता सेनले प्रदीपलाई कारको साँचो हस्तान्तरण गर्दै चलचित्रले सफलता पाउनुमा नायकको पनि मुख्य भुमिका हुने र चलचित्र घोषणा पुर्व नै चलचित्रको मुनाफाको ३० प्रतिशत सेयर नायक प्रदीपलाई जाने घोषणा भएको थियो त्यसै अनुरुप पनि यस्तो उपहार दिइएको बताएका थिए ।

नायक प्रदिप खड्काले चलचित्र ‘लिलिबिली’को कार्यक्रममा ४ जना बडिगार्ड सहित उपस्थित भएको कुराले बजार तताएपछि त्यसको जवाफ सफलता पार्टीमा दिए । उनले आफूलाइ बडिगार्ड नचाहिने समेत बताए । साथमा उनले, सो कार्यक्रममा आफूलाइ सम्मान दिइएको जानकारी दिए ।

‘प्रेमगीत २’को शिर्ष गीतको कभर भिडियो गाउने विजेता महिला र पुरुषको नाम पनि कार्यक्रममा घोषणा गरियो ।  रामशरण पाठकको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदिपको साथमा अश्लेषा ठकुरी, सरोज खनाल, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । उनले, आशुसेन फिल्मस्कै ब्यानरमा बन्ने चलचित्र ‘दीपेन्द्र सरकार’मा पनि काम गर्नेछन् ।

कार उपहार पाएपछि नायक प्रदीप खड्कासँगको कुराकानी