अमेरिकाका नेपाली तथा भुटानी समुदाय संग रमाइलो गर्ने छु : जितु नेपाल (मुन्द्रे)

...

jitu nepal mundre

वाशिंगटन डिसी । २०७२ तिज ,दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका चर्चित हास्यकलाकार जितु नेपाल(मुन्द्रे) अगस्त २७ तारिखमा अमेरिका नेपालका चर्चित अन्य कलाकारहरु संग अवतरण गर्ने भएका छन् ।

नेपालबाट अमेरिका कुराकानी गर्दै जितु नेपाल भने अरु धेरै कलाकारहरु पहिले देखि नै अमेरिका आउने जाने गरे । धेरै उतै पनि बसे l अन्य थुप्रै देशमा आफुले कार्यक्रम प्रस्तुत गरे । ठटेउलि पारामा ,खै के भएर हो ?अमेरिकाको लागि मेरो पालो अन्तिममा पर्यो जितुले भने ।

अन्तिम अन्तिममा परे पनि अमेरिका जस्तो देशमा आफुले आफ्नो प्रस्तुति देखाउन नपाएकोले चिन्तित थिए । यो आफ्नो अमेरिकाको यात्रा पहिलो हो । यसपालि मौका जुर्यो र अब धित मर्ने गरि अमेरिकाका नेपाली तथा नेपाली भाषी भुटानी समुदायलाई पेट मिची मिची हसाउने र च्यापु दुख्ने गरि हसाउन कसो नसकिएला जितुले भने ?

नेपा बाट नै कार्यक्रमको लागि सबैलाई आमन्त्रण गर्दै पैसा तिरेर कार्यक्रम हेर्न आए पछि दर्शकलाई भरपुर रमाईलो होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

अमेरिका जस्तो व्यस्त जीवन भएको मुलुकमा समय मिलाएर हाम्रो प्रस्तुति हेर्ने आएका नेपाली समुदायलाई म निरासा हुन् दिन्न l यो हाम्रो प्रतिबद्धता हो भने । हाम्रो काम दर्शकलाई मनोरंजन दिने भएकोले अहिले त्यसको लागि आफु तयारमा भएको बताए ।jitu nepal mundre

कलाकारलाई सबै भन्दा ठुलो सम्मान भनेको नै कार्यक्रममा दर्शकहरु हुनु पर्छ l दर्शक खचाखच भिड भएमा कलाकारको जाँगर स्वत स्फ़्रुत रुपमा आउछ जितुले भने ।

जितुले भने टिकट काटेर आएकालाई निरासा बनाउदैनौ । जितु नेपाल” मुन्द्रे “ले अमेरिकाका नेपाली समुदायलाई नेपाल बाट एउटा बिन्ति बिसाएका छन् । उनले अगाडी भने अमेरिकामा आफुले प्रस्तुत गरेको कार्यक्रममा दर्शकले भिडियो “श्रब्य दृश्य ” नखिच्न बिशेष संदेश दिएका छन ।

जितुले भने हास्य ब्यंग्य (कमेडी )भनेको सन्देह(सस्पेन्स)मा हेर्न मज्जा आउछ । दर्शकले कार्यक्रममा हाम्रो प्रस्तुतिको खिच्यो अनि सामाजिक संजाल तथा युटुबमा राखी दिनाले आफु मात्र हैन कैयौ कलाकारहरु मारमा परेको दुखेसो पोखे ।

यसरि दर्शकले खिची दिएर सामाजिक संजालमा आफै राखी दिए कलाकारहरु निरुत्साही हुने बताए । अमेरिका आफुलाई हेर्न मन लागेकोले अगस्त २९ देखी नोवेम्बर १ तारिख सम्म अमेरिकाका विभिन्न राज्यहरुको भ्रमण गर्ने मौका पाइने भएकोमा आफु प्रफुल्लित भएको जताए ।

अमेरिकामा रहेका नेपाली समुदायले मेरो भावना बुझी दिनु हुने छन् भनि अग्रिममा त्यसो नगरि दिन हुन् मौखिक निवेदन गरेका छन् l अमेरिकाका दर्शकलाई आफु बिसुद्ध रमाइलो गर्न आएको हो l जितुले थप जानकारी दिदै भने आफुले पहिले देखाई सकेको प्रस्तुति नगर्ने । बरु जुन जुन शहर तथा राज्यमा जान्छु केहि बुझेर ,केहि अध्ययन गरेर त्यहिको बिषय वस्तुलाई समेट्ने र कला मार्फत प्रतिभा पस्कने आफ्नो सोच भएको बताए ।

कार्यक्रमको आयोजना वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि को सयुक्त रुपमा आयोजना गर्ने छ ।

वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक /प्रमुख बुद्धी प्रसाद रेग्मीले कार्यक्रम नेपाली भाषीहरुलाई मनोरंजन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदाय बिच सांस्कृतिक पुल बनाउने मुख्य उद्धेश्य पनि रहेको बताए ।

कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग गरिने रेग्मीले बताए ।

– विजय थापा