सुरु भयो ‘छैठौं नेपाल अफ्रिका फिल्म फेस्टिभल’

असोज, काठमाडौं।

कमलपोखरी स्थित रसियन कल्चरल सेन्टरमा सोमबारबाट ‘छैठौं  नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०१७’ सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त फेस्टिबलको सोमबार मध्यान्नमा उद्घाटन गरे । २ असोजबाट ४ असोजसम्म ३ तीन निरन्तर चल्ने फेस्टिबललाई सम्बोधन गर्दै ओलीले नेपाल र अफ्रिकाका मुलुकहरु संस्कृतिमा धनी भएकोले यस्तो फिल्म महोत्सबले दुई देश र फरक भूगोलको कला संस्कृतिलाई जोड्ने विश्वास व्यक्त गरे ।

कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मद्धारा आयोजित सो फेस्टिबलमा सो कलेजकी प्रिन्सिपल एवं यस फेस्टिबलकी निर्देशक डा.मञ्जु मिश्रले अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्न पर्छ भन्ने उदेश्यले बिगत ६ वर्षदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताईन् । यस पटक महोत्सबमा एउटा नेपाली र आठवटा अफ्रिकी फिल्म प्रदर्शन गरिनेछ ।  महोत्सबमा सोमबार इजिप्टबाट मोहम्मद रशद निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल(तान्जानिया(भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ प्रदर्शन गरियो ।

यस्तै, ३ असोजमा युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, संयुक्त राज्य अमेरिका(चिलुवाको ह्वेभेस स्ट्रिटर निर्देशितन ‘सिलिकोन भ्याली’, मोरोक्को(फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘ह्वेनास’ प्रदर्शनी गरिनेछ । महोत्सबको अन्तिम दिन ४ असोजमा युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित फिल्म डा.खाते प्रदर्शन गरिदैछ ।