चर्चित हाँस्यकलाकार तथा समाजसेवी धुर्मुसको आज ३४औं जन्मदिन

असोज, काठमाडौं।

चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुसको आज जन्मदिन परेको छ। उनी आज आफ्नो ३४औ जन्मदिन मनाउँदैछन्। कलाकारिता मार्फत दर्शकहरुलाई हँसाउँदै तथा समाज सेवा मार्फत जनताको सेवा गर्दै आएका उनको नाम अहिले हरेक नेपालीहरुको लागि प्रिय बनेको छ। टेलिश्रृंखला ‘गीताञ्जली’ , तितो सत्य हुँदै मेरी बास्सै मा आएका उनले आफ्नो कलाकारिता बाट सम्पुर्ण दर्शकहरुको मन जित्न सफल भएका छन्। मेरी बास्सै बाट कुन्जना घिमिरेको साथमा धुर्मुस सुन्तलीको जोडीको रुपमा चिनिएका उनीहरु साथै २०७२ मा गएको भुकम्प पछि देश निर्माणमा सक्रिय रुपमा लागि परेका छन्।

भूकम्प पश्चात यो जोडीको सक्रियतामा काभ्रेको डाँडा गाउँ र सिन्धुपाल्चोकको गिरान्चौरमा एकिकृत बस्ती बनाइएको छ । ‘धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती’ नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाएको छ ।यस्तै, भूकम्प प्रभावितलाई न्यानो बाँड्नुका साथै महोत्तरीको बर्दिबासस्थीत मुसहर बस्तीमा राहात बाँडे । त्यो सँगै उनले पछिल्लो समय तराईका बिभिन्न ठाउँहरुका बाढीपीडितहरुलाई पनि उद्धार तथा राहत बितरणमा टेवा पुर्याएका छन् । यी सामाजीक कामहरुलाई अझै सक्रिय रुपमा अगाडी बढाउन उनीहरुले वि।सं २०७२ सालमा धुर्मुस सुन्तली फाउण्डेशन स्थापना गरेका छन् । अब उनीहरुले ५ अर्बको लगानीमा नमुना नेपाल बनाउने तयारीमा छन् । धुर्मुस सुन्तली अहिले सरसफाई दुतको साथै पुनर्निर्माणको सद्धभावना दुत समेत रहेका छन् ।यसका साथै केही समय अघि तराई क्षेत्रमा गएको बाढीका कारण पिडित भएका नेपालीहरुलाई उनीहरुले राहत तथा सहयोग गर्दै आइरहेका छन्।

यस्ता कलाकारीता संगै समाजका नायकको रुपमा पहिचान बनएका धुर्मुसलाई आर्टिष्ट खवरको तर्फबाट जन्मदिनको लाखौं लाख शुभकामना