ऋषिले अनुरागलाई भने ‘बाँदर’, ठुलो बजेट सम्हाल्न सकेनन्

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>&nbsp;बलिउड एक्टर ऋषि कपूर पछिल्लो समय आफ्नो &nbsp;विवादास्पद वयानका कारण चर्चामा आइरहेका हुन्छन्। यसैविच हालै उनले निर्देशक अनुराग वाशु तथा अनुराग कश्यपको बारेमा यस्तै विवादास्पद वयान दिएका छन्। एक शो नो फिल्टर नेहा मा पुगेका ऋषिले आफ्नो छोरा रणबीर कपूर को फिल्म जग्गा जासूस र बम्बे वेलवेटफ्ल्प हुनुमा निर्देशकमाथि आक्रोश पोखेका छन्। जग्गा जासुसका कारण खस्किएको रणविरको करियरदेखि निराश भएका उनले दुवै निर्देशकलाई बाँदर समेत भनेका छन्।&nbsp;</p><p>ऋषिले भने- अनुराग ? ,एक अनुराग कश्यप छन् जसले बम्बे वेलवेट बनाए तर उनले ग्यांग फ वासेपुर जस्ता राम्रा फिल्म पनि बनाएका थिए। &nbsp; मैले बम्बे वेलवेटको कहानी नै बुझन सकिन्। दोस्रो छन् अनुराग बसु जसले बर्फी जस्तो शानदार फिल्म बनाएका थिए। मलाई खुसी लागेको थियो जब बर्फीको लागि मेरो छोरा रणविरलाई चुनियो। यो फिल्मले रणविरको करियरलाई नयाँ पहिचान दियो।&nbsp;</p><p>ऋषिले भने &nbsp;यसपछि बसु ले गज्जा जासूस या जग्गा जासूस जुन फिल्म बनाएका छन त्यो फिल्म एकदम बकवास र घटिया थियो।&nbsp;</p><p>ऋषि कपूरे यि दुवै निर्देशकमाथि रिस पोख्दै भने-' मेरो विचारमा दुवै निर्देशकले आफ्नो फिल्ममा अति धेरै गरेका छन्। उनीहरुले एक सिमित बजेटमा राम्रो फिल्म बनाउन सक्थे। तर जब धेरै ठुलो बजेट हातमा आयो तब उनीहरुको लागि बाँदरको हातमा खेलौना आए सरी भयो। उनीहरुले ठुलो बजेट सम्हाल्न सकेनन्'। एजेन्सी</p>