<pre><b>असोज, काठमाडौं।</b></pre><p>एक समय थियो जब बलिउडमा संजय दत्त र सलमानको मित्रताको उदाहरण दिने गरिन्थ्यो। तर समयको परिवर्तन संगै मिडियामा उनीहरुको मित्रतामा आँच आएको खवर बाहिरिएको थियो। तथापि केही समय अघि संजय दत्त र सलमान खान अंबानीको घरमा गणेश उत्सव को दौरान एक साथ देखिए। यसपछि उनीहरुको दोस्तीको चर्चा फेरि सुरु भएको थियो। </p><p>तर हालै एक मिडियाका अनुसार अझै पनि उनीहरुविचको कोल्ड वार समाप्त भएको छैन्। वास्तवमा संजयले आफ्नो फिल्म भूमिको स्पेशल स्क्रीनिंग राखेका छन्। जसमा बलिउडका कैयां हस्तीहरुलाई इन्भाइट गरिएको छ। तर उनको गेस्टको सुचिमा सलमानको भने नाम रहेको छैन्। </p><p>मिडियाका अनुसार संजय दत्त र उनकी पत्नि मान्यताले २० सेप्टेम्बरमा फिल्म भूमिको ग्राण्ड स्क्रिनिंग राखेका छन्। यसमा उनले आमिर खान, शाहरुख खान, विधु विनोद चोपड़ा, रणबीर कपूर, सुनील शेट्टी, माना शेट्टी, राजकुमार हिरानी, करन जौहर, सोनाक्षी सिन्हा, शत्रुघ्न सिन्हा, अजय देवगन, काजोल, अभिषेक बच्चन तथा ऐश्वर्या राय बच्चनलाई बोलाएका छन्। </p><p>तर यस लिस्टमा सलमान खानको नाम भने छैन्। जबकि केही दिनअघि संजय दत्तले एक इंटरव्यूमा सलमानको विषयमा भनेका थिए-' हाम्रो विच केही नराम्रो भएको छैन्। सलमान सधै मेरो भाई हुन्। म उसलाई धेरै माया गर्छु। म यो बुझ्न सक्दिनकि मानिसहरु हाम्रो दोस्तीलाई किन चर्चाको विषय बनाउँछन्। म र सलमान सधैं भेट्न त सक्दैनौ नी'। एजेन्सी </p>