रमेश उप्रेतीको ‘ऐश्वर्य’को ट्रेलर रिलिज

असोज, काठमाडौं ।

आउदो कात्तिक ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ऐश्वर्यको ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा नायक रमेश उप्रेती र नायिका दिपिका प्रसाईको जोडीलाई देख्न सकिन्छ भने यो जोडीको बिचमा प्रशान्त ताम्राकार भिलेनको रुपमा देखा पर्छन् ।

ट्रेलर सार्वजनिक हुनुअगावै सार्वजनिक गरिएको  ुतिमी रोएको पलु बोलको गीतबाट चर्चामा रहेको  ‘ऐश्वर्य’ को ट्रेलर सार्वजनिक सँगै चलचित्र युनिटले दर्शकले चलचित्र मन पराउनेमा आशावादी रहेको बताएका छन् । टेलर सार्वजनिक कार्यक्रममा बोल्दै रमेश उप्रेतीले लामो समयपछि चलचित्रमा आउँदा पनि उत्तिकै मात्रामा दर्शकले मन पराउनेमा आशावादी रहेको बताएका थिए । ‘हिजोका दिनसम्म मलाई दर्शक तथा मिडियाका साथीहरुले धेरै माया गर्नुभएको थियो, आशा छ अब पनि पन पराइदिनुहुनेछ ।’, रमेशले भने ।  ‘ऐश्वर्य’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

सुदीप बरालले खिचेको यो चलचित्रमा रमेश, प्रशान्त र दीपिकाको अलावा केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । यो चलचित्रको कथा निर्देशक आफैले लेखेका हुन् ।

Trailer: