भारतका यि ४ फिल्म हुन् जसले ५०० करोड भन्दा बढि कमाए

...

bajarngi-bhaijaan-vs-bahubaliभदौ, काठमाडौं । भारतीय केहि फिल्म जसले वल्र्डवाईड कमाई ५०० करोड भन्दा बढी रुपयाँ गरे । कुनै समय थियो भारतीय फिल्मले १०० देखि २०० करोडको कलेक्सनलाई निकै नै ठुलो कलेक्सन मानिथ्यो तर आजको दिनमा फिल्मले यतिनै कमाई गर्छ भन्न नसकिने समय आएको छ ।

पछिल्लो महिना रिलिज भएको बाहुबली र ‘बजरंग भाइजान’ ले पनि एउटा रेकर्ड नै राख्न सफल भयो । मिडिया रिपोर्टका अनुसार निर्देशक एस. एस. राजामौलीको फिल्म ‘बाहुबली’ को लागत १६० करोड रुपयाँ हो । त्यहीँ कबीर खान निर्देशित ‘बजरंग भाइजान’को निर्माण करीब ९० करोड रुपयाँमा भयो । त्यस्तै पिकेले पनि ७०० करोड भन्दा माथिको कलेक्सन गर्न सफल भयो ।

खास कुरा यो हो कि दुबै फिल्मले बक्स अफिस मा शानदार रिजल्ट दियो । बल्की कमाई को नयाँ इतिहास पनि लेख्यो । दुबै फिल्म ले बक्स अफिसमा ५०० करोड रुपयाँ भन्दा बढी कमाई गरे ।

साल २००९ मा निर्देशक राजकुमार हिरानी की फिल्म ’थ्री इडियट्स’ ले वर्ल्डवाइड ३९५ करोड़ कमाएर ३०० करोड क्लबको शुरुवात गरे । यसपछि ’एक था टाइगर’  (२०१२),’दबंग–२’ (२०१२), ’ये जवानी है दीवानी’ (२०१३), ’कृष घ’ २०१३, ’किक’  (२०१४), ’बैंग बैंग’ (२०१४) र ’हैप्पी न्यू ईयर’(२०१४) यो क्लबमा सामेल भयो । २०१३ मा निर्देशक रोहित शेट्टीको फिल्म ’चेन्नई एक्सप्रेस’ ४२२ करोड़ रुपयाँ कलेक्सनका साथ ४०० करोड रुपयाँ क्लबमा शामील एकमात्र फिल्म छ ।

२०१३ मा निर्देशक विजय कृष्ण आचार्यको अमिरखान अभिनित ‘धूम–३’ ले ५०० करोड को क्लब शुरुवात गरे । आज सम्म चार फिल्मले ५०० करोड रुपयाँ भन्दाबढी कमाई गरी सके र यस लिष्टमा ‘बाहुबली’ ५३३ करोड कमाई गरेर चौथो स्थानमा रहेको छ ।