मरिष्का र आकाशको जोडीमा बन्ने भयो ‘पहिचान’

...

<pre><b>असोज,काठमाडौं।</b></pre><p>&nbsp;'के म तिम्रो होइन र', &nbsp;'चपली हाईट २' बाट नायिकाको रुपमा छाएकी मरिष्का पोखरेल र नायक आकाश श्रेष्ठको जोडी मा चलचित्र पहिचान बन्ने भएको छ। &nbsp;यस अघि 'म त तिम्रै हुँ ' तथा 'तिमी संग'मा अभिनय गरेका नायक आकाशले यस चलचित्र मरिष्का संग अनस्क्रिन रोमान्स गर्न पाउने भएका छन्। &nbsp;चलचित्रमा बद्रि कृष्ण श्रेष्ठको लेखन र निर्देशन रहने छ्। रोमान्स, प्रेम, द्धन्द्ध, कमेडी जनरामा बन्न लागेको चलचित्र पहिचानमा युवापुस्ताको कथा रहने बताइएको छ।&nbsp;</p><p>&nbsp;चलचित्रको छायांकन तिहारपछि सुरु हुने साथैअधिकांश छायांकन काठमाडौंमा हुने बताइएको छ। &nbsp;चलचित्रमा आकाश र मरिष्काको अलावा रविन्द्र खड्का, अमन श्रेष्ठ, एञ्जल श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । लोकेन्द्र शाह निर्माता रहेको ‘पहिचान’मा रामेश्वर कार्कीको छायांकन, महाराज थापाको संगीत, अष्ट महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य रहनेछ ।&nbsp;</p>