असोज,काठमाडौं।

शाहरुख खानको साथमा रईस मा देखिएकी पाकिस्तानी एक्ट्रेस माहिरा खान एकपटक फेरि चर्चामा आएकी छिन्। यसपटक उनी कुनै बलिउड फिल्मका कारण भन्दा पनि रणविर कपुरका कारण चर्चामा आएकी छिन्। रणबीरको साथमा माहिराका केही तस्विरहरु यतिवेला इन्टरनेटमा भाइरल भइरहेको छ। यि तस्विर बाट एक पटक फेरि रणविर र माहिरा रिलेशनसिपमा छन भन्ने अड्कल गर्न थालिएको छ।

यी तस्विरहरुमा रणबीर र माहिरा चुरोट तानिरहेका छन्। रणबीर यस तस्वीर मा पनि आफ्नो संजय दत्त वाला लुक्समा देखिएका छन्। तरपनि यो तस्विर कहाँ र कहिले खिचेको भन्ने कुरा सावित हुन सकेको छैन्। अनुमान लगाएअनुसार यो तस्विर न्युयोर्कको हो।

जुलाई महीनामा रणबीर कपूर संजय दत्त माथि बन्न लागेको बायोपिक को शूटिंगको सिलसिलामा न्युयोर्क पुगेका थिए। त्यसै दौरान माहिरा पनि आफ्नो कुनै प्रोजेक्टको लागि न्युयोर्कमै थिईन्। बताइएअनुसार यी तस्विरहरु त्यही समयमा खिचिएको हो। एजेन्सी

६ आश्विन २०७४, शुक्रबार ०५:०६