हलहरुमा ‘जोनी जेन्टलम्यान’ र ‘२ रुपैंया’को राज

...

<pre><b>असोज,काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;फ्राइडे रिलिज अन्तर्गत आज चलचित्र हलहरुमा नयाँ चलचित्र रिलिज नभएपछि अघिल्लो साता प्रर्दशन भएका चलचित्रले नै राज गर्ने मौका पाएका छन्। हलहरुमा आजबाट &nbsp;चलचित्र ‘२ रुपैयाँ’ ले तेश्रो साता र ‘जोनी जेन्टलम्यान’ ले दोश्रो साताको प्रदर्शन यात्रा तय गरेका छन् ।चलचित्र ‘जोनी जेन्टलम्यान’ले यो साता ७० भन्दा धेरै हलहरु पाएको छ भने चलचित्र ‘२ रुपैयाँ’ले पनि मल्टिप्लेक्सनमा अत्याधिक हलहरु पाएको छ ।’</p><p>निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामांग र मेनुका प्रधान स्टारर ‘दुई रुपैयाँ’ले पहिलो साता चार करोड माथिको व्यापार गरेको थियो । यस्तै पल शाह र आँचल शर्मा अभिनित ‘जोनी जेन्टलम्यान’ ले पहिलो सातामा करिब डेढ करोडको व्यापार गरेको निर्माता अजय मल्ल ठकुरीले बताएका छन । <br>यस्तै यो साता नेपाली सिनेमा घरहरुमा गत साताबाट नै प्रदर्शनम आएको बलिउड सिनेमा ‘सिमरन’ नै प्रदर्शन भईरहेको छ ।</p>