असोज, काठमाडौँ ।

पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार मध्य राति भएको ग्र्याण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा बुद्ध लामा नेपाल आइडल बनेका हुन् । एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता लामाले सर्वाधिक साढे ४ करोड भोट पाएका छन् । ग्र्याण्ड फिनाले दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको थियो

कसले कति भोट पाए

कुल प्राप्त ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट बाट नेपाल आईडल बिजेता बुद्ध लामाले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गरे । त्यस्तै फस्ट रनरअप उर्लाबारीका निसान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेका छन् । साथै ललितपुरका प्रताप दासले सबैभन्दा कम अर्थात १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका छन् ।

बिजेताले के–के पाए पुरष्कार

आइडलका विजेताले बुद्ध लामाले २० लाख रुपैयाँ सहित महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । उनलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे। त्यस्तै सेकेन्ड रनरअप बनेका निसान भट्टराईले १५ लाख रुपैयाँ पाएका छन् । त्यस्तै आइडलको सेकेन्ड रनर अप बनेका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

कतारमा आयोजना भएको ग्राण्ड फिनालेमा हजारौं नेपाली दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

Video Report (with Vote list):

तस्बिर स्रोतः अन्नपुर्ण पोष्ट

७ आश्विन २०७४, शनिबार ०१:४३