‘लक्जरी ब्राण्ड मोडल अवार्ड २०१७’मा नेपालबाट सपना थापाको प्रतिनिधित्व

...

<pre>असोज, काठमाडौं।&nbsp;</pre><p>&nbsp;अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘लक्जरी ब्राण्ड मोडल अवार्ड २०१७’ को लागि नेपालको तर्फबाट काठमाडौंकी &nbsp;३१ बर्षीया सपना थापाले प्रतिनिधित्व गर्ने भएकी छन् । ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’को लागि आधिकारिकता प्राप्त संस्था इप्लानेट नेपालले उनलाई सो प्रतियोगीतामा पठाउन लागेको हो ।</p><p>हालै राजधानीमा आयोजित मिसेस ग्लोवल २०१७ मा बेष्ट पर्सनाली अवार्ड हात पार्न सफल उनी प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै अवार्डका लागि छानिएकी हुन् । ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ आगामी अक्टुबर २० देखि २४ सम्म कोरियाको लियोलमा आयोजना हुँदैछ । ६० बढी राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा यो नेपालको दोस्रो सहभागीता हो ।</p><p>बिभिन्न देशको कलासंस्कृती प्रदर्शन गर्ने उदेश्यले आयोजना हुँदै आएको प्रतियोगीतामा थापा नेपाली मौलीक पहिरन, नेपाली कलासंस्कृती झल्कने गहर गहना आदी सहित सहभागीता जनाउन लागेकी हुन् । बिबाहीत महिलाहरुको सहभागीत रहने प्रतियोगीता नेपाली कलासंस्कृतीको बिदेशमा पहिचान गराउने एक अवसरका रुपमा आफुले लिएको इप्लानेटका म्यानेजिङ डाइरेक्टर सन्तोस सापकोटाले जानकारी दिए ।</p>