<pre><b>असोज, काठमाडौं। </b></pre><p> शाहरुख खान संग फिल्म 'रईस'मा देखिएकी पाकिस्तानी एक्ट्रेस माहिरा खान यतिवेला रणबीर कपूर संगको घनिष्टताका कारण चर्चामा छिन्। केही समय अघि सोशल मिडियामा माहिरा र रणविर एक होटलमा चुरोट पिइरहेको तस्विर बाहिरिएको थियो जसका कारण उनीहरुको अफेयरको चर्चा यतिवेला बलिउडमा चहिरहेको छ। रईसबाट बलिउडमा डेब्यु गरेकी माहिरा पपुलर तथा महंगी पाकिस्तानी नायिकाको रुपमा चिनिन्छिन्। अहिले महंगी नायिका बनेकी माहिरा कुनै समयमा वेटरको रुपमा काम गर्थिन भन्दा तपाइलाई अचम्म लाग्न सक्छ्। </p><p>मिडियाका अनुसार यूएसमा पढाई गर्ने क्रममा उनी वेट्रेसको रुपमा एक रेष्टुरेन्टमा पार्ट टाइम जब गर्थिन्। यति मात्र नभई पढाईको दौरान उनी राइट एड नामक पसलमा काम गर्थिन। त्यहाँ उनी ट्वाइलेट सफा गर्ने भुई पुस्ने देखि लिएर क्यासियर सम्मको काम गर्ने गर्थिन्। एजेन्सी</p>







८ आश्विन २०७४, आईतवार ०४:०७ 








