धमला पत्नीको ‘अनुराग’मा पल शाहको रोमान्स

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण गर्न लागेको चलचित्र 'अनुराग'का लागि नायक फाइनल गरिएको छ। चलचित्रका लागि चर्चित नायक पल शाह अनुबन्धित भएका छन्। &nbsp;चलचित्र निर्माणका घोषणाको समयमा &nbsp;मोडल दीपक घिमिरे नायक रहने भनिएपनि पछि दिपकले हात झिकेपछि चलचित्रको लागि नायकको खोजी गरिएको थियो। नायक खोज्ने क्रममा निर्देशक सत्यराज चौलागाईले नायक सलोन बस्नेतलाई पनि अफर गरेका थिए । तर, सलोनको व्यस्त सेड्यूलका कारण उनले &nbsp;काम गरेनन् । अन्ततः चलचित्र अनुरागमा एलिजाको हिरो पल शाह बन्ने भएका हुन्।&nbsp;</p><p>‘सबै कुरा मन पर्यो भन्नु पर्यो’, पलले भने, ‘विशेष गरी मलाई स्क्रिप्ट मन पर्यो । पारिश्रमिक पनि चित्तबुझ्दो नै भयो ।’ बुझिए अनुसार पलले अनुरागबाट १८ लाख पारिश्रमिक रकम लिएका छन् ।</p><p>करीब १ करोड बजेटमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, पोखरा र इलाममा हुनेछ । छठ पर्वपछि छायांकन सुरु हुने चलचित्रमा मा एलिजा र पलका अलावा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।</p>