करिश्माको दशैं : सपिंग गर्दिन्, स्वस्थ्य रुपमा मनाउँछु

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>नेपाली हरुको महान पर्व दशैँको माहोल यतिवेला समस्त नेपालीहरुमा लागि सकेको छ। सबै मानिसहरु आफ्नो यसपटकको दशैँ रमाइलो र भव्य &nbsp;सभ्य तरिकाले मनाउने तयारीमा रहेका छन्। यस्तैमा नेपाली कलाकारहरुमा पनि दशैंको माहोलले छोइसकेको छ। सेलिब्रेटीहरुले दशैँ कसरी मनाउलान भन्ने कौतुहलता पनि उनको फ्यानहरुमा निकै हुने गर्छ। यस्तैमा चर्चित नायिका करिश्मा मानन्धरले यसपाली दशैं सभ्य र विशेष तरिकाले मनाउने बताएकी छिन्।&nbsp;</p><p>करिश्माले यसपालिको दशैँमा सपिङ नगर्ने, मासु धेरै नखाने र सागसब्जी बढी खाने अर्थात स्वस्थ्य दशैँ मनाउने बताएकी छिन । आफुले मनाएको दशैं एकदमै स्मरणीय रहने बताउँदै उनले भनीन् -'दशैँमा एकदम रमाईलो गर्न मनपर्छ । अरु मानिसहरुले भन्दा फरक तरिकाले मनाउने गर्छु। परिवारको साथमा उत्साहले मनाउने गर्छु। यस पाली पनि अरुवर्ष जस्तै अष्टमीको दिन आफ्ना नजिकका आफन्तजनहरु र आफुभन्दा जुनियर कलाकारहरुलाई बोलाएर पार्टी गर्ने तयारीमा रहेको छु'। आफुलाई दशैँको मौसम एकदमै मन पर्ने बताउँदै उनले &nbsp;दशैँमा तास खेल्ने भन्दा पनि उनी पार्टी गर्न, नाच्न तथा रमाईलो गर्न रुचाउने &nbsp;बताईन्। र यसपटक पनि सधैजस्तै रमाइलो गर्दै विशेष रुपमा मनाउने उनले जनाईन्।&nbsp;</p>