कोमल वली एमालेमा प्रवेश, लगाइन् केपि ओलीबाट दशैंको टिका

...

<pre><b>असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">लोक गायिका तथा प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली एमाले प्रवेश गरेकी छिन् । एमाले प्रवेश गरेकी वली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दशैंको टिका थाप्न बालकोट पुगेकी थिइन् । एमालेका अध्यक्ष ओलीसँग दशैंको टिका थापेपछि उनले एमालेका अध्यक्ष ओलीसँग भेटघाट पनि गरेकी हुन् ।&nbsp;</p><p style="text-align: justify; ">एमालेका अध्यक्ष ओलीले ‘कोमल पूरानो राजनिती गरेको मान्छे नभए पनि नेपालको एउटा प्रतिभा भएको बताए ।’ उनले भने । कोमलले बार्गेनिङ गरेको भन्ने कुरा आफुलाई विश्वास नभएको पनि उनले बताए ।’‘कोमल बार्गेनिङ गर्ने मान्छे होइन देश र जनताको लागि के गर्ने सक्छु त्यो गर्छु भनेर एमालेमा आएको हो, यसरी काम गर्छु भनेर आएको मान्छेलाई कसरी काम लगाउने भन्ने कुरा पार्टीले विचार गर्ने कुरा हो ।’, ओलीले भने । लामो समय रेडियो नेपालमा काम गरेकी ओलीले सक्रिय राजनीतिमा लाग्ने भन्दै राप्रपा प्रवेश गरेपछि जागिर छाडेकी थिइन् । अहिले उनी एमालेमा प्रवेश गरेकी छिन् ।</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/RLq4uq0jxbw" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>