ढाडे बिरालोका गायक भन्छन् ‘मस्ती गर्ने धोकै पुगेन’ (भिडियो सहित)

...

shivahari paudelभदौ, काठमाडौं । भर्खरै मात्र तिज गित ढाडे बिरालो को चर्चा सेलाउँदै गएको छ । ज्योति मगरलाई छोटा कपडामा नचाएको भन्दै बिभिन्न टिकाटिप्पणी खेप्नु परेको गित ढाडे बिरालोले छोटो समयमै युट्युवमा उधुमनै मच्चायो । ढाडे बिरालो गितका गायक प्रकाश कटुवाल पछिल्लो समय कमेडी शैलीका गित बजारमा ल्याउँदै आएका छन् । यसैबिच प्रकाश कटुवालले फेरी पनि तिजको अर्को कोसेली ‘यता सुन शिवजी’ बोलको गित बजारमा ल्याएका छन् । जसमा पनि कमेडी शब्दका साथमा कमेडी कलाकारलाई अभिनय गराईएको छ । शिबहरी पौडेलका साथमा कोपिला गुरुङ्गको अभिनय रहेको छ । जस्तो पायो त्यसतै गित ननिकाल्ने र निकालिसकेपछि दर्शकको माया पाउने गित निकाल्ने भन्ने मान्यताका यि गायकले अहिले पनि मस्ति गर्ने धोको पुगेन भन्दै गितमा प्रस्तुत भएका छन् । अब यो गित कत्तिको विवाद र चर्चामा आउछ त्यो भने केहि दिनपछि नै थाहा होला ।

तिजको समयमा शिव जी सँग आफ्नो गुनासो पोख्दै अभिनयमा प्रस्तुत भएका छन् हाँस्य कलाकार शिवहरी पौडेल को दोहोरो भुमिका रहेको छ । कोपिला गुरुङ्गको सो गितमा गायक प्रकाश कटुवाल र कोपिला गुरुङ्गको स्वर रहेको छ । जसमा बिनोद ढकालले शब्द भरेका छन् । लय भने गायक प्रकाश कटुवालले नै भरेका छन् । भिडियोलाई शिब बि.क. ले निर्देशन गरेका हुन् ।

prakash katuwal - singerगितमा समावेश केटा तर्फको शब्द यस्ता छन्ः
रामलाई सिता, कृष्णलाई राधा अहिले सम्म म मात्रै छु आधा,
डाली नुगेन, लभ गर्न नी पाछैन, बिहे पनि भाछैन, बैस मेरो ढल्कियो
यता सुन शिवजी केभो केभो मस्ति गर्ने धोकै पुगेन ।

भिडियो यस्तो छ