उपत्यका बाहिर पैसा खोज्दै सौगात र वर्षा

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>राजधानीमा&nbsp; ‘छक्का पञ्जा २’ सँगै प्रर्दशनमा आएको सौगात मल्ल र वर्षा राउत स्टारर चलचित्र ‘मेरो पैसा खोई रु’ आजबाट उपत्यका बाहिर पनि प्रर्दशनमा आएको छ । 'छक्का पञ्जा २' सामु कमजोर देखिएको 'मेरो पैसा खोई' प्रर्दशनमा आएको एक सातापछि मोफसलमा प्रर्दशन भएको हो ।</p><p>सौगात मल्ल र वर्षा राउतका साथै सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी, रविन तामाङ लगायतको अभिनय रहेको यो चलचित्रको छायाँकन अगाडि नै निकै चर्चा थियो । भारतीय निर्देशकले निर्देशन सुरु गरे पनि बिचमा चलचित्र निर्माण युनिटसँग विवाद भएको थियो ।</p><p>विवादपछि चलचित्रलाई निर्माता रोज राणा आफैँले निर्देशन गरेका हुन् । हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको चलचित्रमा उमा केसी, रुपक राना र रुपम रानाको लगानी&nbsp; रहेको छ ।</p>