‘छक्का पंजा २’ ले कमायो ११ दिनमा १० करोड

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>&nbsp;नेपाली सिनेमाहलहरुमा यतिवेला 'छक्का पंजा २' ले राम्रो स्थान जमाइरहेको छ। दशैंको अवसर पारेर फूलपातीको दिन देखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले प्रदर्शन भएको दिन देखि नै दिनहुँ करोडको व्यापार गरिरहेको छ ।गएको बुधवारबाट दोस्रो हप्तामा प्रदर्शन भैरहेको यो चलचित्रले दशैं विदामा राजधानीभित्र भन्दा मोफसलबाट सर्वाधिक कलेक्सन गरेको छ ।चलचित्रले प्रर्दशनको ११ दिनमा देशभरमा १० करोडको व्यापार गरेको बताइएको छ। दोस्रो सातमा पनि चलचित्रले हाउसफुल प्रर्दशन भइरहेको बताइएको छ।&nbsp;</p><p>गत वर्ष प्रर्दशनमा आएको छक्का पंजाको सिक्वेलको रुपमा बनेको यस चलचित्रको आक्रमक व्यापार बाट पहिलो चलचित्रको सबै रेकर्डलाई तोड्ने देखिन्छ्। दिपाश्री निरौलाको निर्देशनमा बनेको यस चलचित्रमा दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का स्वरुप पुरुष ढकाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।</p>