बिग बोसका प्रतिस्पर्धीले लगाए सलमान विरुद्ध धम्कीको आरोप

...

<pre><b>असोज, काठमाडौं।</b>&nbsp;</pre><p style="text-align: justify; ">भारतीय चर्चित रियालिटी शो बिग बोस को नयाँ सिजन यतिवेला प्रसारण भइरहेको छ। शो लाई सुपरस्टार सलमान खान होस्ट गरिरहेका छन् यसैविच शो बाट बाहिरिएका एक प्रतियोगी जुबेर खान ले&nbsp; मुंबईमा सलमानको विरुद्ध धम्की दिएको आरोप लगाएका छन्।&nbsp; उनले सलमानले आफुलाई कुकुर भनेको र धम्की दिएको बताएका छन्।&nbsp;</p><p style="text-align: justify;">जानकारी मा आएअनुसार एंटोप हिल पुलिस थानामा जुबेर खानले उजुरी गराएका हुन्। उजुरी पछि अब पुलिसले यस मामिलामा जाँच गर्ने भएको छ। यदि आरोप सहि भएमा सलमान समस्यामा पर्न सक्ने देखिन्छन्।&nbsp;&nbsp;</p><p style="text-align: justify;">&nbsp;शनिवार को शोमा&nbsp; सलमान खान ले जुबेर खानको जबरजस्त क्लास लिएका थिए। जुबेरले बिगबोस को घरमा अभद्र गाली गरेका थिए। जसका कारण सलमान उनी संग नराम्रो संग भड्किएका थिए। एजेन्सी</p>