‘फाटेको जुत्ता’को प्रचार शैली दर्शकलाई नयाँ जुत्ता उपहार दिने

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चर्चित नायिका प्रियंका कार्की तथा नायक सौगात मल्ल स्टारर चलचित्र 'फाटेको जुत्ता' कात्तिक १७ गतेबाट प्रर्दशनमा आउँदैछ्। प्रर्दशनको समय नजिकिँदै गर्दा चलचित्र निर्माण पक्षले आफ्नो प्रचार शैलीलाई व्यापब बनाउँदै गएको छ। यसैविच चलचित्रले प्रचारमा नयाँ शैली अपनाएको छ। चलचित्रको नाम फाटेको जुत्ता भएका कारण दर्शकहरुले फाटेको जुत्ता लगाएको तस्विर पोस्ट गरेवापत निर्माण पक्षले नयाँ जुत्ता उपहार दिने भएको छ। चलचित्रका निर्माता अर्जुन कुमारलेले दर्शकलाइ फाटेको जुत्ता लगाएको तस्बिर फेसबुकमा पोष्ट गर्न र आफूहरुलाई ट्याग गर्न आग्रह गरेका छन् ।यो योजनामा २५० जनाले नयाँ जुत्ता पाउने छन्। लक्की ड्रबाट छानिएका देशभरका दर्शकलाइ घरमै नयाँ जुत्ता पुर्‍याइने समेत बताइएको छ ।</p><p style="text-align: justify; ">कमेडी जनरामा बनेको यस चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन्। चलचित्रको यस अघि रिलिज भएको गीतहरुले दर्शकहरुको निकैनै साथ पाएको छ।&nbsp;</p>